ad

Thursday, May 7, 2020

बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ)

बैशाख पुर्णिमा (खेकु मांङी थेँब त्हेँ)को हार्दिक मंगलमय शुभ कामना ।

बैशाख पूर्णिमा
एक सन्दर्भ तमु जाति नेपालको आदिवासी जनजाती भूमिपत्र मध्येको एक जाति हो । तमु जातिको आफ्नो मौलिक पहिचान छ, धर्म–सँस्कार छ, सँस्कृति र परम्परा छ, भाषा र भेषभुषा छ, ऐतिहासिक पृष्ठभूमि छ । तमु जातिको यीनै पहिचानसँग जोडिएर आउने संस्कार र सँस्कृतिसँग सम्बन्धीत एउटा सन्दर्भ हो बैशाख पूर्णिमा । बर्षमा बाह्रवटा पूर्णिमा हुन्छन् जस अनुसार हरेक महिनामा एउटा पूर्णिमा पर्दछ र विक्रम सम्बत अनुसार बैशाख महिनामा पर्ने पूर्णिमा भएकोले यो पूर्णिमालाई बैशाख पूर्णिमा भनिएको हो । तमु जातिसँग सम्बन्धित अर्थात तमु जातिको सँस्कृतिको कुरा गर्ने हो भने बैशाख पूर्णिमाको दिन तमु जातिहरुको महत्वपूर्ण दिन हो । यो दिन पर्व कै रुपमा मानिने दिन हो ।तमु जातिको परम्परागत मान्यता र मौलिक सँस्कृति बमोजिम बैशाख पूर्णिमा आफ्नो पितृहरुलाई पूजा गर्ने, सम्झने, प्रार्थना गर्ने, सम्मान गर्ने र मान दिने दिन हो । यस दिनमा तमु जातिले बिहानैदेखि नै आफ्नो बायो थान र घरको फैलु च्होँमा सरसफाई र लिपपोत गरी मृतक आफन्त परिवारको नाममा कुखुराको भाले या बाख्राको पाठो बली चढाएर बायो पूजा, फैलु पूजा अर्थात पितृ पूजा गर्दछ । त्यसैले बैशाख महिनामा पर्ने यो पूर्णिमा तमु जातिको लागि सबैभन्दा महत्वपूर्ण पूर्णिमा हो । विशेष गरेर तमु जातिले आफ्नो पितृहरुलाई पूर्णिमाको तिथिमा पूज्ने गर्दछ । अझ विशेष गरि बैशाख महिनामा पर्ने पूर्णिमाको दिनमा पूजा गर्नु एउटा घटना पनि सम्बन्धित छ ।शिकारी युगको कुरा हो, तमु जातिहरु बसाँई सर्दै र शिकार खेल्दै आउने क्रममा छ्याम्ट्हो नासा(गाउँ) मा शिकार खेल्न जाने क्रममा पलाँहुरी क्ह्याला पूल तर्ने बेलामा पूल भाँचिएर म्हम चचक्युमा डुबेर मृत्यु भएको घटना तमु खेगीले बाचन गर्ने प्येमा छ । पलाँहुरी क्ह्याला मृत्यु भएको त्यो दिन बैशाख पूर्णिमाको दिन थियो । त्यसैले तमु जातिले बैशाख पूर्णिमाको दिनमा कुखुराको भाले वा बाख्राको पाठो बली चढाएर रक्ततर्पन दिएर बायो पूजा, फैलु पूजा तथा पितृ पूजा गरेर दिवांगत पितृहरुको सम्झना गर्ने, मान सम्मान गर्ने, पूजा गर्ने, प्रार्थना गर्ने गर्दछ भने कतिपय गाउँ ठाउँमा आफ्नो परिवारको दाजुभाई चेलीवेटीहरु सबै मुल घरमा जम्मा भएर कुखुरा र पाठो बली चढाएर धुमधामसँग बायो पूजा गर्ने गर्दछ । बायो पूजा, फैल पूजा अर्थात पितृ पूजा गरिएन भने अशुभ हुने, पिर्ने, दुःख बिमार हुने र हानी नोक्शानी हुने मान्यता पनि छ । त्यसैले तमु जातिहरुले बैशाख पर्णिमाको दिनमा पितृको सम्झना गरी भोगचलन दिएर पूजा–आरधना गर्नु नितान्त आवश्यक छ । विभिन्न समुदायले बिक्रम सम्बत अनुसार बैशाख पर्णिमाको दिनमा पर्ने पूर्णिमालाई आ–आफ्नो मान्यता बमोजिम जे जसरी मान्यता दिएर मानेको भएता पनि तमु जातिले आफ्नो मौलिक परम्परा अनुसार पितृ तथा दिवांगत आत्माहरुको नाममा बायो पूजा, फैलु पूजा अर्थात पितृ पूजा गरेर बैशाख पूर्णिमा मनाउनु अर्थपूर्ण हुनेछ जसले तमु जातिको परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण, सम्बर्धन गर्न र गराउन टेवा दिनेछ ।

होम ल्हो तमु ( गुरुङ )

जय प्रकृतिक बादी।




बायो के हो त ?

नेपाली सम्बत अनुसार बैशाख पुर्णिमाको दिनलाई हाम्रो पुर्खाहरुले बायो पुज्ने दिन भनेर उहिले देखी बायो पूजा गर्दै आएको दिन हो।

बायो के हो त ?
हाम्रो पुर्ख जिजुबाजेहरुको भनाई अनुसार हामी मानबजाती यस धर्तिमा जन्मेपछी जिउँदो रहुन्जेल हामीलाई बिभिन्न किसिमका नराम्रा आत्मा शक्त्ती, (जस्लाई Bad Spirits भन्छौँ) भुतप्रेतहरुको प्रेत्तात्माको कारणले दु:ख बीमारी आईपरिरहेको हुन्छौँ र निको हुनालाई बिभिन्न किसिमका प्राकृतिक र बैज्ञानीक तबरले औषधीपनि, तन्त्रमन्त्र, हेरकोर, झारफुक, पूजाआजा गरेर निको हुने गर्छौँ र यसो गर्दागर्दै एकदिन हामीलाई बिभिन्न्न किसिमका घट्ना दुर्घट्नामा परेर हामीलाई नराम्रो जालमा फसाईएको हुन्छ र हाम्रो मृत्‍यु हुन्छ। मृत्‍यु पस्चात पनि हामीलाई खाने कालले हाम्रो मृत्तात्मलाई प्रयोग गरेर जिउँदो रहेको हाम्रो परिवारलाई बिभिन्न दु:ख कस्ट दिई राखेको हुन्छ र परिवारमा अलि  कम्जोरी, सानो ग्रह भएको मान्छेलाई दु:ख बीमार गराईदिन्छ र औषधीमुल, तन्त्रमन्त्र, हेरकोर गर्दा बायो या आगते बायो भनेर देखा पर्छ र (Bad Spirits) प्रेत्तात्माको माग अनुसार हामीले भेँडा बाख्रा कुखुरा को बली दिएर निको हुन्छौँ।
अब यहाँ प्रश्न आउँछ कि हाम्रो मरेर गएको मान्छे कसरी भुत, बायो भयो भनेर? यहाँ बुझ्नु पर्ने कुरा यो छ कि मृत्‍यु भएर गएको मृत्तात्मले मागेको होईन कि वहाँलाई खाने काल, (Bad Spirits) प्रेत्तात्माले मृत्तात्मलाई प्रयोग गरेर परिवारभित्र बिभिन्न किसिमको दु:ख कस्ट दिन लगाउँछ र माग्न लगाएको हो भन्ने जनबिस्वास रहेको छ। त्यसकारणले गर्दा हाम्रो तमुसमाजमा यसरी बायो पूजा गर्ने प्रथा रहेको हो। यो हाम्रो तमु समाजमा मात्रै सिमित नभएर नेपालको प्राया सबै जातजातिहरुमा यो प्रथा ज्यादै प्रचलित छ, संचार माध्याममा अगाढी देखा नपरेको मात्रै हो। बैशाख पुर्णिमाको दिन नेपालमा प्राय सबै गाउँ गाउँमा बाँसघारी, ठुलोठुलो रुखको फेदमा, ठुलोठुलो ढुंगाको ओढारमा आफ्नो पित्री बायो पूजा गरिराखेको देख्न सक्नुहुनेछ। यो पूजा गर्नुको मुख्या कारण जतिपनी बितेर गएका हाम्रो पित्रिहरुको आत्त्माले सुख शन्ती  पाउन, कुनै किसिमको दु:ख कस्ट भोग्नु नपरोस र परीवारलाई कहिले पनि दु:ख नदिनु हरेक बर्ष यसरीनै पुजिरहने छौँ भनेर घरको मुली पूजारीले फलाकेको हुन्छ र सबै दाज्युभाई खलक परिवार मिलेर प्रार्थना गरेको हुन्छ र पूजा सके पछी नैबेद खानपिन गरेर पित्री पुर्खको सम्झना गरेको हुन्छ।

जय क्ल्हेसोंदी प्र्हेसोंदी
जय सिल्दो नाल्दो
जय पित्री
अन्तमा साबैलाई बैशाख पुर्णिमाको शुभकामना
छ्याज्योलो

साभर: नेत्र टु क्लेप्री तमु यु. के.